दफा ४८८
लेनदेन गरेको देखिएमा रकम भराई दिने

कसैले यस परिच्छेद बमोजिमको रीत पु¥याई लिखत नगरे पनि कुनै लिखत, बैङ्किङ्ग कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको व्यहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको कुरा देखिन आएमा अदालतले त्यस्तो लिखत, बैङ्किङ्ग कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको आधारमा नालिस गर्ने व्यक्तिलाई ऋणीबाट त्यस्तो रकम भराई दिन सक्नेछ ।


तर एक लाख रूपैयाँभन्दा बढीको लेनदेन कारोबार घरसारमा नगदै गरेको अवस्था भएमा त्यस्तो रकम भराइदिइने छैन।